आज धनकुटामा थपिए २ संक्रमित

धनकुटा खबर । धनकुटामा २ सहित प्रदेश १ मा आज ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । धनकुटाको महालक्ष्मी नगरपालिकाका १ र स्थानीय तह नखुलेका १ सहित यो प्रदेशमा ३ सय ६४ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै मोरंगमा १ सय ४२, सुनसरीमा १ सय ५, झापामा ६६, उदयपुरमा ८, ते¥हथुममा ५, इलाममा ४, पाँचथर र सोलुखुम्वुमा ३–३, संखुवासभा २ ओखलढुङ्गा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७ सय ३६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका छन् । हालसम्म १७ हजार १ सय ५४ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ४ सय ३४ पुगेको छ । प्रदेश १ मा आज १ हजार ७ सय ५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये १ सय ४२ महिला र २ सय २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७७ हजार ३ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।