धनकुटामा जुवा तास खेल्ने १० जना प क्रा उ

धनकुटा खबर । धनकुटा धनकुटा नगरपालिका ७ बाट कार्तिक २७ गते राती प्रहरीले जुवा तास खेल्ने १० जनालाई प,क्राउ गरेको छ । बिहिबार राती ११ बजेको समयमा धनकुटा नपागरपालिका ७ स्थित मोहन श्रेष्ठको घरबाट उनिहरुलाई प,क्राउ गरेको हो ।

साथै प्रहरीले जुवा खाल बाट जुवा तास खेल्न प्रयोग गरिएको तास ३ तीन बुङ र नगद रु एक लाख एघार हजार छ सय रुपैयाँ, जुवा तास खेल्न विछ्याइएको राडी १ थान र रातो कलेजी रंगको कार्पेट १ थान फेला पारी बरामद गरि आजै जिल्ला प्रशासन कार्यालय धनकुटाबाट म्याद थप अनुमति प्राप्त गरि थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटा संचार शाखाले जानकारी दिएको छ ।

प,क्राउ पर्नेहरुमा धनकुटा नगरपालिका वडा नं. १ बस्ने दिलिप रायमाझी, धनकुटा नगरपालिकावडा न ७ बस्ने गोरख बहादुर कटुवाल यही वडा बस्ने राम कुमार राई, लक्षमण वि.क., समिर कुमार घिमिरे, लिला कुमार ढंगोल, राम कुमार राई धनकुटा नगरपालिकावडा न ९ बस्ने देश कुमार राई, उद्वव प्रसाद लामिछाने धनकुटा नगरपालिकावडा न ३ बस्ने प्रविण राई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मोहन श्रेष्ठको घरमा डेरा गरि बस्ने योगेन्द्र कार्कि भने फरार रहेको र खोजी कार्य भई रहेको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।