अमेरिकामा एकैदिनमा थपिए १ लाख ७७ हजार कोरोना सङ्क्रमित

वासिङ्टन । कोरोनाभाइरसबाट सवैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा एकैदिनमा पौने दुई लाख मानिस सङ्क्रमित हुन थालेका छन् । विश्वव्यापी महामारी फैलिएको शुरु देखि नै बढी सङ्क्रमित रहेको अमेरिकामा अहिले पनि सङ्क्रमितको संख्या दिन प्रतिदिन बृद्धि हुदै गइरहेको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा एक लाख ७७ हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । एकैदिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो भएको पनि अधिकारीहरुलाई उद्धृत गर्दै वासिङ्टनपोष्टले लेखेको छ ।

अहिले सवै राज्यमहरुमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको संख्यामा बृद्धि हुदै गएको र कम्तीमा दश राज्यमा यो संख्या उच्च रहेको अधिकारीहरुले जनाएका छन् । सङ्क्रमितको संख्यामा बृद्धि हुदै गएपछि स्थानीय सरकारी अधिकारीहरुले सतर्कता अप्नाउन आह्वान गर्दै आएका छन् ।

मास्कको प्रयोगको विपक्षमा रहनुभएका jर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिय निर्वाचनबाट पराजित भएपछि स्थानीय अधिकारीहरुले पनि मास्को प्रयोगलाई जोड दिन थालेका छन् ।

कतिपय ठाउँमा मास्कको प्रयोग अनिवार्य नै गरिएको छ । जवकी यसअघि सरकारी अधिकारीहरुले नै मास्को प्रयोगलाई अनिवार्य गर्नु अलोकतान्त्रीक र स्वतन्त्रता विपरित हुने तर्क गरेका थिए ।

सरकारी अधिकारीहरुले अहिले सकेसम्म घरमै रहेर मात्रै गतिविधिहरु गर्न, बाहिर सकेसम्म ननिस्कन, निस्केपनि मास्कको प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न, भिडभाड नगर्न, गर्नै परेपनि मापदण्ड पालना गरेर अति न्युन संख्यामा मात्र गर्न आग्रह गरेका छन् ।

अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसबाट कुल एक करोड सात लाख २८ हजार ४९७ जना सङ्क्रमित भएको हकिङ्स विश्वविद्यालयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖