फेरी आज धनकुटामा थपिए ५ जना कोरोना संक्रमित

कार्तिक ३०,धनकुटा । धनकुटामा आज पनि ५ जना कोरोना संक्रमित थपिएका छन् ।

कार्तिक २७ गते जिल्लाको महालक्ष्मी नगरपालिकाका २७ जनाको पिसिआर नमूना संकलन गरि धरान पठाईएकोमा आज विहान ५ जनाको रिपोट पोजिटिभ आएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।

अन्य २२ जनाको नेगेटिभ नतिजा प्राप्त भएको छ । कोरोना पुष्टि भएका ५ जनालाई महालक्ष्मी नगरपालिकाको आईसोलेसन अस्पतालमा राखीएको यहाँले वताउनुभएको छ ।

यो सँगै अहिले सम्म धनकुटा जिल्लामा कोरोना संक्रमितको संख्या १ सय १६ जना पुगेको छ । ती मध्ये निको हुनेको संख्या ८२ रहेको भने अहिले १९ जना होमआईसोलेशन र ११ जना संस्थागत आईसोलेशनमा रहेका छन् ।

४ जना संक्रमितको मृत्यू भईसकेको छ । अहिले सम्म जिल्लाबाटै नमूना संकलन गरि यहाँका २ हजार ४ सय १५ जनाको कोरोना परिक्षण गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।