जब नर्स भाइटीका लगाउन बिरामीको बेडमा पुगिन्…

चितवन, बिरामी परेर अस्पताल भर्ना हुनुपर्दा चाडपर्व मनाउने कुरै भएन। सबैले पर्व मनाइरहँदा बिरामी भने विगतका पर्व सम्झेर अस्पतालको शैय्यामै टोलाएर बस्छन्।

तर, चितवन मेडिकल कलेज भरतपुरमा सोमबार फरक दृश्य देखियो। अस्पतालमा भर्ना भएका बिरामीलाई त्यहाँ कार्यरत नर्सले दिदीबहिनी बनेर भाइटीका लगाइ दिए। पर्व सम्झँदै बसेका बिरामीमा एकाएक खुशीको सञ्चार भयो। बिरामीहरु आफ्नो पीडालाई बिर्सिएर रमाउन थाले।

नर्सहरुले शय्यामा सुतिरहेका बिरामीहरुलाई भाइटीका लगाइदिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिए। अस्पतालमा उपचाररत् १ ष् ि५७ जना बिरामीलाई नर्सहरुले भाइटीका लगाइदिएका हुन्।

अस्पतालकी नर्सिङ अधिकृत अंकिता कुँवरले पुरुष बिरामीहरुलाई उहाँहरुकै शय्या पुगेर भाइटीका लगाएर दीर्घायुको कामना गरिएको बताइन्। ‘हामीले पनि आफ्ना दाजुभाइलाई टीका लगाउन पाएनौं, उहाँहरुले लगाउन पाउनु भएको थिएन । जहाँ जस्तो अवस्थामा छौं, त्यहीँ रमाऔं भनेर टीका लगाइदिएका हौँ,’ उनले भनिन्।

नर्सिङ अधिकृत अर्चना सेढाईको भनाई पनि उस्तै छ। पर्वको दिन बिरामीसँगै खुशी साट्न पाउँदा आफूहरु र बिरामी दुवै हर्षित भएको उनले बताइन्। बरिष्ठ स्टाफ नर्स समिना मिया, नर्स सुस्मा गुरुङ पनि अस्पतालमा बिरामीलाई दाजुभाइ सम्झेर टीका लगाउन पाउँदा सेवासँगै ममता पनि बढेको बताउँछन्।

भरतपुर महानगरपालिका १० का ४३ वर्षीय मधुकर लामाले पर्व सम्झेर बसिरहेको समयमा एक्कासी भाइटीका लगाउन पाउँदा आधा बिमार निको भए जस्तो अनुभव भएको बताए। लामा मात्रै होइन भरतपुर २८ का श्रीकृष्ण पोखरेल, भीमसेन गाउँपालिका गोरखाका रिदम मरहट्टा, हेटौंडा कमानेका रमेश देउजा पनि अस्पतालमा भाइटीका लगाउन पाउँदा निकै खुसी लागेको बताउँछन्। अस्पतालले दिएको मायाले धेरै खुशी लागेको उनले बताए।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बिरामीलाई सेवासँग ममता पनि चाहिन्छ भन्ने भावनाले पर्वको अवसरमा टीका लगाउने व्यवस्था गरिएको बताए। बिरामीलाई नर्सहरुले टीका लगाउनुको साथै भाइमसला, फलफूल तथा मिठाइ दिएका थिए भने बिरामीले पनि दक्षिणा दिएका थिए। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।