धौलागिरि अस्पतालमा एक महिलाले जन्माइन शरीर जोडिएका शिशु

बलेवा । प्रसूति व्यथाले च्यापेको लामो समयपछि धौलागिरि अस्पताल पुगेकी पर्वतकी एक महिलाले शरीर जोडिएका दुई शिशुलाई जन्म दिएकी छन् ।

पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ वर्षीया महिलाले धौलागिरि अस्पतालमा आज शरीर जोडिएका शिशुलाई जन्म दिएकी हुन् ।

प्रसूति व्यथा लागेपछि महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी उनलाई पर्वत अस्पताल पठाइएको थियो । पर्वत अस्पताल कुश्माले समेत अवस्था गम्भीर रहेको भन्दै उनलाई धौलागिरि अस्पताल बागलुङमा पठाएको थियो ।

“उहाँ सोमबार साँझ अस्पताल आउनुभएको हो”, “अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले भने, “आज बिहान शिशु जन्मिएका हुन् ।” शल्यक्रियाका लागि जोखिमपूर्ण अवस्था रहेको भन्दै चिकित्सकहरुका बीचमा छलफल चलिरहेकै बेला उनले शिशु जन्माएकी गौतमको भनाइ छ ।

“शरीर जोडिएको शिशु जन्मिए, अवस्था गम्भीर थियो”, “चिकित्सकलाई उल्लेख गर्दै गौतमले भने, “गर्भ जाँच नगराएको जस्तो लाग्यो, जाँच गरेको भए असामान्य अवस्थामा शिशु रहेको थाहा हुन्थ्यो ।”

शरीर जोडिएर जन्मिएका शिशुलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको गौतमले बताए। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖