धनकुटामा आज सम्मको कोरोना अपडेट यस्तो छ

मंशिर ४,धनकुटा । धनकुटाबाट आज ३३ जनाको पिसिआर नमूना संकलन गरि कोरोना जाचका लागि पठाईएको छ ।

धनकुटा नगरपालिकाबाट १४ जना, होम आईसोलेसनका १३ र संस्थागत आईसोलेसनका ६ जना सहित ३३ जनाको पिसिआर नमूना विराटनगर प्रदेश ल्यावमा पठाईएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।

३३ जना मध्ये धनकुटा नगरपालिकाका १४ जना वाहेक अरुको दोश्रो पटक नमूना पठाईएको स्वास्थ्य कार्यलयका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो । उनिहरुको नतिजा भोलि सम्ममा आउने अपेक्षा छ ।

प्रमुख गुरागाईका अनुसार जिल्लाबाटै नमूना संकलन गरि कोरोना जाच गरिएकाहरुको संख्या अहिले सम्म २ हजार ४ सय ३१ जना पुगेको छ । भने ती मध्ये १ सय १८ जना को नतिजा पोजेटिभ आएको छ ।

२ हजार २ सय ९९ जनाको नतिजा नेगेटिभ आएको छ । अव आज नमूना संकलन गरि पठाईएका १४ जनाको नतिजा आउन बाँकी छ । यसअघि पोजिटिभ नतिजा आएका मध्ये निको हुनेको संख्या ८२ रहेको छ ।

अहिले होमआईसोलेसनमा २१ जना र संस्थागत आईसोलेसन ११ जना रहेकाछन् । ४ जना संक्रमितको निधन भईसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।