आज थप धनकुटाका ४ जनामा कोरोना संक्रमण पुष्टि

मंशिर ६ ,धनकुटा ।  आज फेरी धनकुटाका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक गत बिहिवार धनकुटा नगरपालिकाबाट १४ जनाको पिसिआर नमूना संकलन गरि कोरोना जाचका लागि विराटनगर पठाईएको मध्ये ४ जना पोजिटिभ नतिजा प्राप्त भएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । यो सँगै जिल्लामा कोरोना पोजिटिभ नतिजा आएकाहरुको संख्या १ सय २४ पुगेको छ ।

१४ मध्ये १० जनाको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो । त्यस्तै आईसोलेसनका ६ जना र १३ जना होम आईसोलेसनका गरी १९ जनाको दोश्रो पटक नमूना परिक्षण गरिएको मध्ये १८ जनाले कोरोनालाई परास्त गरि निको भएको र बाँकी १ जनाको पुन: पोजिटिभ रिपोर्ट आएको उहाँले वताउनुभयो ।

अहिले सम्म धनकुटाका २ हजार ४ सय ३३ जनाको पिसिआर विधिबाट कोरोना जाच गरिएको छ । उनिहरु मध्ये २ हजार ३ सय ९ जनाको नतिजा नेगेटिभ आएको छ । पोजेटिभ नतिजा आएकाहरु मध्ये पनि आज सम्म कोरोनालाई परास्त गर्दै निको हुनेहरुको संख्या १ सय जना पुगेको छ । अव जिल्लाका १४ जना होमआईसोलेसनमा र ५ जना संस्थागत आईसोलेसनमा रहेकाछन् ।

स्वास्थ्य कार्यलयको तथ्यांक अनुसार अहिले सम्म धनकुटाका ५ जना कोरोना संक्रमितको निधन भईसकेको छ । उता सामाजिक विकास मन्त्रालय विराटनगरको हिजो सम्मको जानकारी अनुसार धनकुटा वाहिर परिक्षण गराई धनकुटा वाहिर नै रहेकाहरु जम्मा ४५ जना रहेका छन् भने निको भएका २५ र निधन भएकाको संख्या १ जना छ । होम आईसोलेसनमा १९ जना रहेका छन् ।

यसरी स्वास्थ्य कार्यलय धनकुटा र प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांकलाई हेर्नेहो भने यहाँ कूल संक्रमित संख्या १ सय ६९ जना पुगेको छ । त्यस्तै निको हुनेको संख्या १ सय २५ र निधन भएकाहरुको संख्या ६ जना पुगेको छ । भने आईसोलेसनमा ५ र होम आईसोलेसनमा ३३ जना रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।