पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफकी आमाको लन्डनमा निधन

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ।

पाकिस्तानको पाकिस्तान मुस्लिम लिग नवाज पिएमएलएनले सोमबार विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो।

उक्त राजनीतिक दलले दिएको जानकारीअनुसार उनी हाल ९० वर्षकी थिइन्। उनी केही समययता विरामी थिइन् र उनको लन्डनको एक अस्पतालमा उपचार भइरहेको थियो।

सो दलका उप सचिव अताउल्लाह तरारका अनुसार बेगमको शव केही दिनमा उनको गृह नगर पाकिस्तानको लाहोर ल्याइँदै छ र त्यहीँ अन्त्येष्टि गरिने छ।

पूर्व प्रधानमन्त्री सरिफ पनि हाल लन्डनमा नै उपचाररत छिन्। उनलाई मिर्गौला र मुटुको रोग देखिएको छ। छोरा विरामी भएर उपचार गराइरहेकोले आफ्नो छोरालाई भेट्नका लागि बेगम गत महिना लन्डन गएकी थिइन्। रासस/एएनआई

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।