धनकुटाको थप तीन जनामा आज कोरोना संक्रमण पुष्टि
धनकुटा । धनकुटाको थप तीन जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको महालक्ष्मी नगरपालिकामा २ र धनकुटा नगरपालिकामा १ जना संक्रमित थपिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा आज २ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका अन्य संक्रमितहरुमा मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जना रहेका छन् ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ४ सय ५९ पुगेको छ । यो प्रदेशमा आज २ सय २ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय ९६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट ३–३ जना डिस्चार्ज भएका हुन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार ४ सय ९१ जना पुगेको छ ।
आज यो प्रदेशमा ८ सय २० जनाको पीसीआर परीक्षण गरिएको छ । ती मध्ये ९५ महिला र १ सय १२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । अहिलेसम्म १ लाख ८७ हजार ८ सय १८ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


