सुदूरपश्चिमका पाँच जिल्लामा ४३१ नयाँ क्ष यरोगी भेटिए

कैलाली । सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा एक वर्षको अवधिमै ४३१ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७६ र ७७ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र अछाम जिल्लामा गरिएको सम्पर्क परीक्षणबाट नयाँ क्षयरोगका बिरामी फेला परेका हुन् ।

क्षयरोगको सङ्क्रमण भएका एक हजार ५०० परिवारको सम्पर्कमा रहेका व्यक्तिको खकार जाँच गर्दा नयाँ क्षयरोगी पत्ता लागेको स्वास्थ्य निर्देशनालय राजपुरका किटजन्य अधिकृत हेमराज जोशीले बताए । उनका अनुसार सोही अवधिमा ३०० व्यक्तिको खकारको नमूना सङ्कलन गरी जाँच गर्ने स्थानमा पुर्याइएको थियो ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन ग्लोबल फण्डको रकम सहप्रापक संस्थाले गरेको काम सराहनीय रहेको बताए । “सुदूरपश्चिम क्षेत्रमा एक वर्षको अवधिमै ४३१ नयाँ बिरामी पत्ता लाग्नु प्रभावकारी कार्य हो”, उनले भने, “यसले लुकेर बसेका क्षयरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा आएका छन् । क्षयरोगको उपचार सेवा लिन सकेका छन् । यसले समयमै उपचार प्राप्त गरी निको हुन्छन् । अन्य क्षेत्रमा क्षयरोगको सङ्क्रमण समेत हुन पाउँदैन ।”

आगामी दिनमा समेत लुकेर बसेका क्षयरोगीको खोजी गरी स्वास्थ्य संस्थाको सम्पर्कमा ल्याउने कामलाई निरन्तररूपमा अगाडि बढाउनुपर्ने उनले बताए ।

लुकेर बसेका क्षयरोगी पत्ता लागेका कारणले बिरामी चाँडै निको हुने, बिरामीको स्वास्थ्य अवस्था खराब हुनबाट बच्न सकिने, अकालमा हुने मृ त्युबाट जोगाउन सकिने र सबभन्दा सबल पक्षका रूपमा अन्य व्यक्तिलाई रोग सर्नबाट बचाउन सकिने उनको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।