मोटरसाइकल दु र्घटनामा एकजनाको मृ त्यु

त्रिशूली । गए राति मोटरसाइकल दु र्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का नेकपाका नेता रामबहादुर तामाङको मृ त्यु भएको छ । तारेकश्वर गाउँपालिका–१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोलास्थित भिरमा मोटरसाइकल दु र्घटना हुँदा ५५ वर्षीय रामबहादुर तामाङको घटनास्थलमा नै ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीका अनुसार दाङसिंह–डाँडाखर्क सडकखण्डको छागेखोला भिर भन्ने स्थानमा तामाङ चढेको बा२७ प ८६५८ नंं को मोटरसाइकल अनियन्त्रित भएर दु र्घटना हुँदा उनी करिब दुई हजार ५०० मिटर तल खसेका थिए ।

दु र्घटनापश्चात् मोटरसाइकल सडक छेउमै अड्किएको भए पनि तामाङ भने भिरबाट खसेकाले घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दु र्घटनामा परेर ज्यान गुमाएका तामाङ विसं २०७४ वैशाखमा भएको स्थानीतयहको निर्वाचनमा तारकेश्वर गाउँपालिका–६ मा साविक नेकपा एमालेबाट वडाध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका थिए भने पार्टी एकतापश्चात् नेकपाको स्थानीय नेताको रूपमा राजनीतिमा सक्रिय थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।