डोटीमा आज एकैसाथ आठ अस्पतालको शिलान्यास गरिँदै

डोटी । जिल्लामा आज एकैसाथ आठवटा अस्पतालको शिलान्यास गरिने भएको छ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटनको तयारी गरेसँगै डोटी जिल्लामा पनि आठ अस्पताल उद्घाटन हुन लागेका हुन् ।

सुदूरपश्चिम प्रदेशस्तरीय सरुवा रोगसम्बन्धी ५० शैयाको अस्पतालसहित जिल्लाका बोगटान फुड्सिल गाउँपालिकाको केदार अखडा प्राथमिक स्वास्थ्य केन्द्र र जोरायल गाउँपालिकाको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा १५÷१५ शैयाको अस्पताल स्थापना हुने भएको छ ।

जिल्लाको पूर्वीचौकी, केआइसिंह, सायल, बडिकेदार गाउँपालिका र शिखर नगरपालिकामा १०÷१० शैयाका अस्पतालको शिलान्यासको तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने, “जिल्लाका विभिन्न स्थानीय तहमा १०÷१० शय्याका अस्पताल आज शिलान्यास गरिँदै छ, जसका लागि सबै काम तयारी अवस्थामा छ ।”

विसं २०३९ मा क्षेत्रीय अस्पतालका लागि जग्गा अधिग्रहण गरिएको दिपायल सिलगढी नगरपालिका–५ ग्वालासैनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शिलान्यास गर्ने कार्यक्रम तय भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । करिब ३८ वर्ष पहिले अस्पताल निर्माणका लागि जग्गा अधिग्रहण गरिएको उक्त क्षेत्रमा रााजनीतिक खिचातानीका कारण अस्पताल बन्न सकेको थिएन ।

सरुवा रोगसम्बन्धी अस्पताल यहाँका तराईका जिल्लामा स्थापनाका लागि त्यहाँका राजनीतिक दलका नेताले विभिन्न प्रयास गरे पनि अन्ततः डोटीमा उक्त अस्पताल स्थापना हुने भएपछि यहाँका स्थानीयवासी निकै खुशी भएको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका समाजसेवी धनबहादुर शाहीले बताए । उनले भने, “सरुवा रोगसम्बन्धी अस्पताल तराईका जिल्लामा बनाउने नेताबीच निकै खिचातानी थियो, अन्ततः हाम्रो जिल्लामा बन्ने भयो यसैमा हामी खुशी छौँ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।