धनकुटा जिल्ला अस्पतालमा पाठेघरको क्यान्सर परिक्षण ल्याव स्थापना

धनकुटा खबर । धनकुटा जिल्ला अस्पतालमा पाठेघरको क्यान्सर परिक्षण ल्याव स्थापनाका लागि प्रदेश सरकार बाट सामग्री हस्तान्तरण गरिएको छ ।

आज एक कार्यक्रमको अयोजना गर्दै प्रदेश न १ का सामाजीक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पताल धनकुटाका प्रमुख डा पुजन विश्वकर्मा लाई पाठेघरको क्यान्सर परिक्षणका लागि चाहिन आवश्यक सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो ।

धनकुटामा पाठेघरको क्यान्सर परिक्षण ल्याव स्थापना भए पछि धनकुटा सहित पूर्वि पहाडी जिल्लाका दुर दराजमा बस्ने नागरीकले सेवा पाउने र परिक्षण कै लागि विराटनगर, काठमाडौं धाउनु पर्ने बाध्यात्मक अवस्थाको अन्य हुनुका साथै धनकुटा अस्पताल लाई स्तर उन्नतीका लागि समेत सहयोग पुग्ने अपेक्षा रहेको मन्त्री घिमिरेले बताउनु भयो ।

उहाँले भन्नु भयो हामी हाम्रो दैनिक जिवन शैलीका कारण समेत क्यान्सर रोगको जोखिमा छौ । त्यसैले सरकारले प्रदेशका सबै जिल्लाहरुमा क्यान्सर रोगको परिक्षण ल्याव स्थापनको पहलमा लागेको समेत मन्त्री घिमिरेको भनाई थियो । अब आइतबार र बुधबार धनकुटा अस्पतालमा पाठेघरको क्यान्सरको नमुना लिइने जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।