धनकुटामा आज सम्मको कोरोना अपडेट यस्तो छ

धनकुटा खबर । अहिले सम्म जिल्लाबाट नमूना संकलन गरि पिसिआर विधिबाट धनकुटाका २ हजार ४ सय ५९ जनाको कोरोना परिक्षण गरिएको छ । जसमध्ये पोजेटिभ नतिजा आउनेको संख्या १ सय ३२ जना पुगेको छ भने २ हजार ३ सय २७ जनाको नतिजा नेगेटिभ रहेको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।

पोजिटिभ नतिजा आएका मध्ये निको हुनेको संख्या १ सय १४ पुगेको छ भने निधन हुनेको संख्या ७ पुगेको छ । अहिले होमआईसोलेसन ८ जना र संस्थागत आईसोलेसन ३ जना रहेको स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो । उता सामाजिक विकास मन्त्रालय विराटनगरको तथ्यांक अनुसार धनकुटा वाहिर परिक्षण गराई धनकुटा वाहिर नै रहेकाहरुको संख्या ५७ जना रहेका छन् ।

ती मध्ये ३४ जना निको भएका र १ जना को निधन भएको छ । अहिले होम आईसोलेसन २२ जना रहेकाछन् । यसरी स्वास्थ्य कार्यलय धनकुटा र सामाजिक विकास मन्त्रालयको तथ्यांकलाई हेर्दा जिल्लामा कूल संक्रमित संख्या १ सय ८९ जना पुगेको छ । निको भएकाहरुको संख्या १ सय ४८ जना र निधन हुनेहरुको जम्मा संख्या ८ जना पुगेको छ ।

आईसोलेसन ३ जना र होम आईसोलेसनमा रहनेहरुको संख्या ३० जना पुगेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।