धनकुटामा थपिए आज एक संक्रमित
धनकुटा । धनकुटाका १ सहित प्रदेश १ मा आज १ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् ।
धनकुटाकाको महालक्ष्मी नगरपालिकामा १ जना , मोरंगमा ५२, सुनसरीमा ३५, झापामा २५, इलाममा ८, उदयपुर र संखुवासभामा २–२, पाँचथर, र खोटाङमा १ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ९ सय ५५ पुगेको छ ।
यो प्रदेशमा आज २ सय ९४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २ सय ९३ जना होमआईसोलेसन र १ जना विराट मेडिकल कलेजबाट डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ७ सय ३१ पुगेको छ । प्रदेश १ मा आज ६ सय ७२ जनाको पीसीआर परीक्षण गरिएको छ ।
परीक्षण गरिएका मध्ये ५४ महिला र ८१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९४ हजार ८ सय ३९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


