धनकुटा पाख्रीबासका एक पुरुषको कोरोनाबाट आज मृ त्यु
मंशिर २१,धनकुटा ।धनकुटामा कोरोना संक्रमण पुष्टि भई मृ त्यु हुनेको संख्या ९ पुगेको छ ।
जिल्लाको पाख्रीवास नगरपालिका ९ का कोरोना संक्रमण पुष्टि भएका ६१ वर्षका एक पुरुषको आज मृ त्यु भए सँगै कोरोना संक्रमणको कारण मृ त्यु हुनेको संख्या ९ पुगेको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।
स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईका अनुसार मृतकहरुको यो संख्या जिल्लाबाट र जिल्ला वाहिरबाट कोरोना परिक्षण गराई रिपोर्ट पोजेटिभ आएकाहरुको संख्या हो । जिल्लाबाट र वाहिरबाट पिसिआर संकलन गरिएका मध्ये पोजेटिभ नतिजा आउनेहरुको कूल संख्या १ सय ९० पुगेको छ । अहिले होम आईसोलेसनमा २९ जना रहेका छन् ।
कोरोना पराजित गरी निको भएकाहरुको संख्या १ संख्या ५२ जना पुगेको छ । अहिले सम्म जिल्लाबाटै पिसिआर संकलन गरि पिसिआर परिक्षण गरिएकाहरुको संख्या २ हजार ४ सय ६० पुगेको छ ।


