धनकुटाका १ सहित प्रदेश १ मा आज १ सय ६५ जना कोरोना संक्रमित थपिए

धनकुटा खबर ।  धनकुटाका १ सहित प्रदेश १ मा आज १ सय ६५ जना कोरोना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार धनकुटामा १, सुनसरीमा ७१, मोरङमा ४६, झापामा २०, संखुवासभामा ९, इलाममा ४, पाँचथरमा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना छन् । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ४ सय १५ पुगेको छ । यो प्रदेशमा आज ९७ जना डिस्चार्ज भएका छन् ।

होमआईसोलेसनबाट ९१, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४, मेची अस्पताल र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ३ सय ४३ पुगेको छ । प्रदेश १ मा आज ८ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ७१ महिला र ९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९७ हजार ६३८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।