प्रदेश नं १ मा १०६ कोरोना सङ्क्रमित थपिए

मोरङ । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १०६ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ६७४ को पिसिआर परीक्षणमा ३७ महिला र ६९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थप हुनेमा सुनसरीमा ३४, मोरङमा २४ मध्ये विराटनगरमा १५, झापामा १९, ताप्लेजुङमा १३, इलाममा चार, पाँचथरमा दुई, उदयपुर र तेह्रथुममा एक–एक र प्रदेश बाहिरका आठ जना रहेका छन् । प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या २९ हजार ८७ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैगरी प्रदेशमा आज ७८ जना सङ्क्रमित निको भई घर फर्केका छन् भने हालसम्म सङ्ख्या २३ हजार ९१६ निको भएर घर फर्केका छन् । यस प्रदेशमा हालसम्म दुई लाख एक हजार ९५६ को पिसिआर परीक्षण भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।