तेह्रथुमको संक्रान्तिबजारमा आँखा उपचार केन्द्र संचालन

अमृत बास्तोला, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा जगदम्बा आँखा उपचार केन्द्र संचालनमा आएको छ । नेपाल नेत्र ज्याेती संघ र जगदम्बा दातव्य औषधालयकाे सहकार्यमा संक्रान्तिबजारमा स्थापित उपचार केन्द्रले बुधबारदेखि सेवा सुरु गरेको छ ।

उपचार केन्द्रको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले ७९ वर्षीय वृद्ध डिल्लीप्रसाद निरौलालाई केन्द्रको कार्ड हस्तान्तरण गरेपछि आँखाको उपचार सुरुवात भएको हो । उपचार केन्द्रले सेवा उपलब्ध गएको पहिलो दिन ४४ जनाको आँखाको परिक्षण गराएका छन् ।

परिक्षणको क्रममा ४ जनाको शल्यक्रिया गर्नु पर्ने अवस्था रहेको, ६ जनालाई चस्मा उपलब्ध गराइएको उपचार केन्द्रले जनाएको छ । आँखा परिक्षणमा आएका आँखाका बिरामीहरूलाई सेवा सुरुवातको पहिलो दिन निःशुल्क औषधि वितरण गरिएको जगदम्बा दातव्य औषधालयका संचालन समिति सदस्य राम बिमलीले जानकारी दिनुभएको ।

नेपाल नेत्र ज्योति संघ, डाक्टर रामप्रसाद पोखरेल अँखा अस्पताल धनकुटाको प्राविधिक सहयोग र जगदम्बा दातव्य औषधालयको व्यवस्थापनमा आँखामा उपचार केन्द्र संचालनमा आएको हो ।

उपचार केन्द्रमा डाक्टर राजश्री श्रेष्ठ सहितको टिमले आँखाको परिक्षण गरेको नेपाल नेत्र ज्योति संघ, डाक्टर रामप्रसाद पोखरेल अँखा अस्पताल धनकुटाका सभापति रोशेस श्रेष्ठले जानकारी दिनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।