सागुरिगढी गाँउपालिकाको वडा नं १ बुडिमोरङ तेम्बाङमा निर्माण गरिएको आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको सॉंसद राईद्वारा उद्धघाटन
धनकुटा खबर । धनकुटाको सागुरिगढी गाँउपालिकाको वडा नं १ बुडिमोरङ तेम्बाङमा निमार्ण गरिएको आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको आज उद्धघाटन गरिएको छ ।

गाँउपालिकाको ३८ लाख लगतमा निर्माण गरिएको ४ कोठे भवनको संघिय प्रतिनीधि सभा सदस्य राजेन्द्र कुमार राइको प्रमुख आतिथ्यमामा सञ्चालित एक कार्यक्रमको वीच उद्धघाटन गरिएको हो । भवन उद्घाटन कार्यक्रममा वोल्दै प्रतिनीधि सभा सदस्य राइले अब कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुननपर्ने बताउनु भयो ।
उहाँले यो स्वास्थ्य केन्द्र मार्फत निरन्तर स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक पर्ने सामाग्री उपलब्ध गराउने प्रतिवद्धता समेत जनाउनु भयो । कार्यक्रममा विशेष अतिथि गाँउपालिका अध्यक्ष कुमार जंग याख्या , उपाध्यक्ष विन्दा राई ,प्रमुख प्रशासकिय अधिकृत सुर्य भन्डारी , उघोग वाञिज्य संघ धनकुटाका बरिष्ठ उपाध्यक्ष तथा नेकपा सचिवालय सदस्य तारा तितुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


