पहिलो पटक धनकुटा अस्पतालमा स्थापित पिसिआर ल्यावमा गरियो १३ जनाको कोरोना परिक्षण,परिणाम यस्तो आयो
धनकुटा । धनकुटा अस्पतालमा स्थापित कोभिड १९ पिसिआर ल्याव मा पहिलो पटक जाँचिएका १३ जनाको नतिजा नेगेटिभ प्राप्त भएको छ ।
यो सँगै जिल्लामा पिसिआर विधिबाट कोरोना जाच गरिएकाहरुको संख्या २ हजार ४ सय ७१ पुगेको छ । जस मध्ये पोजिटिभ नतिजा आउनेहरुको संख्या १ सय ३३ जना पुगेको छ ।
पिसिआर जाच गरिएकाहरु मध्ये २ हजार ३ सय ३८ जनाको नेगेटिभ नतिजा प्राप्त भएको छ । पोजिटिभ नतिजा आएका मध्ये पनि १ सय २५ जना निको भईसकेका छन् ।
जिल्लाबाटै पिसिआर नमूना संकलन गरि कोरोना पोजेटिभ रिपोर्ट आई उपचारको क्रममा मृ त्यु हुनेहरुको संख्या ८ पुगेको छ । सामाजिक विकास मन्त्रालय विराटनगर र जिल्ला स्वास्थ्य कार्यलय धनकुटाको संयुक्त तथ्यांक अनुसार पोजेटिभ नतिजा आउनेहरुको कूल संख्या १ सय ९० जना पुगेको छ भने निको भएकाहरुको संख्या १ सय ९७ जना पुगेको छ ।
मृ त्यु भएकाहरुको संख्या १० जना पुगेको छ । हाल २८ जना होम आईसोलेशनमा रहेका छन् ।


