पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १४३ सङ्क्रमित घर फिर्ता

विराटनगर/पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १४३ कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । नयाँ सङ्क्रमित २१ महिलासहित ४३ जना थपिएका छन् ।

डिस्चार्ज हुनेमा होम आइसोलेसनबाट १२०, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट १६, विराट मेडिकल कलेजबाट चार, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट दुई र न्युरो अस्पतालबाट एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हालसम्ममा डिस्चार्ज हुनेको सङ्ख्या २४ हजार ३९० पुगेको छ भने कारोना सङ्क्रमितको सङ्ख्या २९ हजार २३० पुगेको छ ।

नयाँ थपिएका सङ्क्रमितमा सुनसरीमा १४, मोरङका १२ मध्ये विराटनगरमा पाँच, झापामा छ, ताप्लेजुङमा दुई, सङ्खुवासभा र खोटाङमा एक÷एक तथा प्रदेश बाहिरका सात जना रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्ममा प्रदेशमा दुई लाख तीन हजार ४२६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ८४० छन् । आजै प्रदेशमा ५६२ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।