प्रदेश १ मा ५ सय १५ जना कोरोना संक्रमित डिस्चार्ज

विराटनगर /गत २४ घण्टामा प्रदेश १ मा ५ सय १५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५ सय १, मेची अस्पतालबाट ५, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ४, विराट मेडिकल कलेजबाट ३ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र न्युरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएका हुन ।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २६ हजार २ सय ९६ पुगेको छ । यो प्रदेशमा आज ५० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १७, सुनसरीमा १४, झापामा १२, इलाम, पाँचथर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो संगै कुल संक्रमितको संख्या २९ हजार ५ सय ७४ पुगेको छ । प्रदेश १ मा आज ३ सय ९० जनाको पीसीआर परीक्षण गरिएको मध्ये २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । अहिलेसम्म यो प्रदेशमा २ लाख ६ हजार ४ सय १४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।