प्रदेश १ मा ४० जना संक्रमित थपिए

विराटनगर । गएको २४ घण्टामा प्रदेश १ मा ४० जना संक्रमित थपिएका छन् ।

झापामा १२, मोरंगमा १०, सुनसरीमा ९, इलाममा ३, संखुवासभामा २, भोजपुर र सोलुखुम्वुमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको कूल संख्या २९ हजार ६ सय १४ पुगेको छ ।

यो अवधिमा प्रदेश १ मा ४ सय १५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा होमआईसोलेनबाट ३ सय ९९, इलाम अस्पताबाट ८, विराट मेडिकल कलेजबाट ६ र मेची अस्पतालबाट १ जना रहेका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २६ हजार ७ सय १० पुगेको छ ।

यो प्रदेशमा आज ३ सय १० जनाको पीसीआर परीक्षण गरिएको मध्ये १६ महिला र २४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । अहिलेसम्म प्रदेश १ मा कूल २ लाख ६ हजार ७ सय २४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।