जोरपाटीमा कोभिड अस्पताल संचालनमा आयो
नारायण कुमार राई,धनकुटा । छथर जोरपाटी गाउँपालिका धनकुटाले धनकुटाको जोरपाटीमा कोभिड अस्पताल संचालनमा ल्याएको छ ।

गाउँपालिकाको सामुदायिक भवनमा सन्चालनमा ल्याएको उक्त ५ बेडको अस्पतालको प्रदेश नं. ‘ख’ का सांसद ईन्द्रमणि पराजुलीले उद्घाटन गर्नुभएको छ ।
गाउँपालिकाले आईतबार एक उत्घाटन कार्यक्रम गरेर अस्पताल सन्चालनमा ल्याएको हो । अस्पताल सन्चालनमा आएपछि पालिकाका जनताहरुले जिल्ला बाहिर गएर कोरोनाको उपचार गर्नुपर्ने बाध्यताको अन्त्य हुने कार्यक्रमका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिनुभयो ।
उहाँले उक्त कोभिड अस्पतालले कोरोना सहित दैनिक स्वास्थ्य सेवा दिने जानकारी दिनुभयो । अस्पतालमा डाक्टर प्रसंसा न्यौपाने सहितको ६ जनाको स्वास्थ्य टोलीले २४ घण्टे सेवा दिनेपनि अध्यक्ष लिम्बुले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भीमकला श्रेष्ठ,वडा अध्यक्षहरुका तर्फबाट वडा नं. १ का अध्यक्ष पुखमान आले मगरले शुभकामना मन्तब्य राख्नुभएको थियो । संघ संस्थाका तर्फबाट सिंधुवा र चुलाचुली बजार ब्यबस्थापन समितिका अध्यक्षहरु क्रमशः शिब श्रेष्ठ र शारदा प्रसाद दाहालले अस्पताल उद्घाटनको शुभकामना दिनुभएको थियो ।
त्यस्तै केदारनाथ स्मृति प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र चापागाईं,आदिवासी जिल्ला समन्वय समितिका अध्यक्ष दिपक गुरुङ,सगरमाथा बोर्डिङ स्कुलका प्रअ दिवेश खड्का,सामुदायिक वन उपभोक्ता महासंघका निल बहादुर थापा,खजुम लिम्बू प्रतिष्ठानका अध्यक्ष देवकुमार दिम्बू, जिल्ला स्वास्थ्य कार्यालयका निरिक्षक गोकुल भण्डारी लगाएतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगर,वडा अध्यक्षहरु क्रमशः ४ का टेकबहादुर घिसिङ,५ का सुरेन्द्र लिम्बू,६ का दिलबहादुर थापा लगाएतको उपस्थिति रहेको छथर जोरपाटी गाउँपालिकाका स्वास्थ्य संयोजक सुन्दरमान डंगोलले जानकारी दिनुभयो ।
धनकुटा अस्पतालमा यस अघि पि.सि.आर.जाँच मेसिन सन्चालनमा आईसकेकोले छथर जोरपाटीमा सन्चालनमा आएको अस्पतालका कारण गाउँपालिकाका जनताहरुले अब जिल्ला बाहिर उपचार गर्न जान नपर्ने भएको छ ।


