थप ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं /नेपालमा गएको २४ घण्टामा थप ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा ७ सय ३१ जना संक्रमण मुक्त भएका छन् ।
देशभर ६ हजार ३ सय ९६ जना सक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ८ सय ४० पुगेको छ । आज थप ८ जनाको संक्रमितको मृ त्यु भए सँगै मृ तक संख्या १ हजार ८ सय ४० हो ।
अहिलेसम्म देशभर २ लाख ५९ हजार ५ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।


