आज धनकुटाका थप ४ जनामा कोरोना संक्रमण पुष्टि
धनकुटा । आज धनकुटाका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय विराटनगरका अनुसार जिल्लाको धनकुटा नगरपालिकामा ४ जना नयाँ संक्रमित थपिएका हुन् ।
यो सँगै प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका अन्य संक्रमितहरुमा मोरङ र सुनसरीका ६–६, झापाका ४–४, खोटाङका २, ताप्लेजुङका १ र प्रदेश १ बाहिरका ३ जना रहेको मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २, सुन्दरहरैचा, कानेपोखरी, पथरीशनिश्चरे र बुढीगंगामा १–१, सुनसरीको धरानमा ३, इटहरीमा २ र रामधुनीमा १, झापाको कनकाईमा २, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, खोटाङको खोटेहाङ र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको सिदिङ्वामा १ र प्रदेश १ बाहिरका ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
अहिलेसम्म यो प्रदेशमा कूल संक्रमित संख्या २९ हजार ७ सय ५५ पुगेको छ । गएको २४ घण्टामा प्रदेश १ मा २४० जना डिस्चार्ज भएका छन । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या २८ हजार १ सय ८० पुगेको छ । यो प्रदेशमा आज ३ सय १७ जनाको पीसीआर परीक्षण गरिएको छ मध्ये ११ महिला र १५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । अहिले सम्म पीसीआर परिक्षण गरिएकाहरुको संख्या २ लाख ८ हजार ४ सय ७५ पुगेको छ ।
Aa


