धनकुटामा हात्तिपाईला बिरुद्धको नमुना टेस्ट फेरी लिइने
धनकुटा खबर । धनकुटामा आठौं पटक सम्म हात्तिपाईला बिरुद्धको आम औषधी खुवाइए पनि पूर्ण रुपमा रोग निवारण नभएका कारण जिल्लाको डाँडाबजार र लेगुवामा तेस्रो पटक नमुना रेपिर टेस्ट संकलन गर्नु पर्ने भएको छ ।
स्वास्थ्य कार्यालय धनकुटाको समन्वय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाको आयोजनामा धनकुटामा गरिएको अभिमुखिकरण कार्यक्रमा धनकुटाको डाँडाबजार र लेगुवामा तेस्रो पटक नमुना संकलन गरिने भएको स्वास्थ्य प्रमुख तुलसी गुरागाईले जानकारी दिनुभयो ।
यो क्षेत्र हात्तिपाईले रोगका बढी संक्रमित भएको क्षेत्र हो । १ लाख ७१ हजार ५ सय २६ जनसंख्या रहेको धनकुटामा गतबर्ष ६८.२३ प्रतिशत मानिसले आम औषधी सेवन गरेका थिए । हात्ति पाईले रोग क्यूलेक्स जातको संक्रमित पोथी लामखुटेको टोकाईबाट लाग्ने रोग हो । यो रोग बाट विश्वमा १२ करोड भन्दा बढि मानिसहरु संक्रमित छन भने ४ करोड भन्दा बढि मानिस अं,गभंग भएको तथ्यांक छ ।


