धनकुटाका राजेन्द्र राई ओली समूहमा, पूर्ब प्रकाशित समाचारको नेकपा धनकुटाले गर्यो खण्डन,भ्रममा नपर्न गरियो अपिल
धनकुटा खबर ।ओली समूहको महाधिवेशन आयोजना समितिका सदस्य तथा धनकुटाका नेकपा जिल्ला कमिटी अध्यक्ष साथै विघठित संसदका सांसद राजेन्द्र कुमार राई प्रचण्ड नेपाल समूहमा फर्किएको बारेमा केही अनलाइनले ‘ धनकुटाका राजेन्द्र कुमार प्रचण्ड नेपाल समूहमा’ शिर्षक राखि सम्प्रेषण गरेको समाचारबारे नेकपा धनकुटाको ध्यानाकार्षण भएको छ ।

आजै उक्त समाचारको खण्डन गर्दै नेकपा जिल्ला कमिटी,धनकुटाद्वारा कार्यालय सचिव भीम राई द्वारा हस्ताक्षरित सुचना जारी गरेको छ ।
जारी सुचनामा लेखिएको छ :-
आदरणीय कमरेडहरु,
नेकपा जिल्ला कमिटी धनकुटाका अध्यक्ष क.राजेन्द्र राईको बारेमा नागरिक आवाजले अनलाइन मार्फत सामाजिक सन्जालहरुमा जुन समाचार सम्प्रेषण गरिएको छ त्यो बिलकुल कपोकल्पित,भ्रामक र ब्यक्तिको राजनैतिक चरित्र ह त्या गर्ने दुरासयपूर्ण ढंगबाट आएको हुंदा उक्त समाचारको खण्डन गर्दै जिल्ला कमिटी धनकुटाका अध्यक्ष राई निरन्तर रुपमा पार्टीका अध्यक्ष रही प्रम केपी ओलीले नेतृत्व गर्नु भएको नेकपामा दृढतापूर्बक लागि रहने प्रतिबद्दता गर्दै उक्त समाचारको भ्रममा नपर्न सबैमा आग्रह गर्नु भएको हुंदा निर्देशन अनुसार सबैमा जानकारीको लागि अनुरोध छ ।



