मुलुकको बिद्यामान समस्या समाधान कांग्रेस नेतृत्वले मात्र गर्न सक्छ :पूर्व मन्त्री खड्का
धनकुटा । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता दिपक खड्काले मुलुकको विद्धमान समस्या समाधान कांग्रेसको नेतृत्वले मात्र गर्न सक्ने वताउनुभएको छ ।
धनकुटामा आज आफ्नो पार्टीका नेता,कार्यकर्ताहरुसंग भेटघाट तथा छलफल गर्दै उहाँले त्यस्तो वताउनुभएको हो । त्यसैले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस सशक्त भएर अगाडी बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । छलफलमा पार्टीका आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठले पनि समहमती ,सहकार्यका साथ सवै अगाडी बढ्नु पर्ने वताउनु भयो ।
त्यस्तैगरी नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,सदस्यहरु विष्णु पौडेल,निर्मल ओझा,सुमना तिम्सिना,हिमा चेम्जोङ,नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला,नेपाल तरुण दल धनकुटाका क्षेत्रिय अध्यक्ष तिलक महत लगायतले मुलुकको अहिलेको संकट निकासका लागि कांग्रेसले अभियान सञ्चालन गर्नु पर्ने धारणा राखेका थिए ।


