फागुन २९ गतेदेखी हात्ति पाईले रोग विरुद्धको औषधि वितरण

धनकुटा । धनकुटा जिल्लामा यो वर्ष पनि आगामी फागुन २९ गतेदेखी हात्ति पाईले रोग विरुद्धको आम औषधि वितरण कार्यक्रम सञ्चालन हुनेभएको छ ।

विगत ९ वर्षदेखी यो रोग विरुद्धको आम औषधि जिल्लामा वितरण गरिदै आएको भएपनि यसपटक जिल्लाको डाँडा वजार र लेगुवामा ३-३ सयको दरमा गरिएको रगत परिक्षणमा लेगुवाका ३ जनाको पोजेटिभ रिपोर्ट आएकोले यस पटक पनि औषधि वितरण गर्न लागिएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।

आम औषधि वितरण कार्यक्रममा सहभागी भई यो रोग विरुद्धको औषधि खान स्वास्थ्य कार्यलय धनकुटाले सवैलाई आह्वान समेत गरेको छ । हात्ति पाईले रोग निवारण सम्वन्धि गरिने पर टास (PRe TAS) मा भने धनकुटा जिल्ला पास भएको जनाईएको छ । आगामी दिनमा गरिने TAS1, TAS2, र TAS3 मा पनि पास भै धनकुटा हात्तिपाईले रोग मुक्त जिल्ला हुने अपेक्षा रहेको स्वास्थ्य कार्यलयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।