होमियोप्याथिक चिकित्सा पद्धतिलाई ब्यवस्थित बनाइनु पर्दछ

धनकुटा, १० माघ । होमियोप्याथिक उपचार पद्धतिलाई सबै नागरकिले पाउने गरी ब्यवस्थित गर्न सरकारले ध्यान दिन आवश्यक भएको सरोकारवालाहरुले बताउनु भएको छ ।

जनभावना होमियोप्याथिक हस्पिटल प्रालिले धनकुटामा गरेको होमियोप्याथि र स्वाथ्य बिषयक छलफल मुलक पत्रकार संमेलनमा जनभावना होमियोप्याथिक हस्पिटल प्रालिका प्रबन्ध निर्देशक डा.खगेन्द्र कटुवालले संसारका धेरै विकसित देशहरुमा समेत होमियोप्याथिक उपचार पद्धतीलाई बिकार र विस्तार गर्दै लगिएकोले नेपालमा समेत यसको आवश्यता रहेको बताउनु भयो ।

छिमेकी मुलुक भारतमा त्यहाँको सर्बोच्च अदालतले फैसला गर्दै होमियोप्याथिक स्वाथ्य सेवाले मानिसको शरिरमा रो’ग प्रतिरोधात्मक क्षमता विकास गर्ने भएकोले त्यसको प्रयोग गर्ने फैसला दिई सकेको अवस्थामा नेपालले समेत यस उपचार पद्धती लाई व्यावस्थित गर्ने आवश्यक भएको बताउनु भयो साथै अहिलेको बिश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइसर संग लड्न समेत यसले सहयोग गर्ने पद्धति होमियोप्याथिक उपचार पद्धती भएको धारण राख्नु भएको थियो ।

त्यस्तै डा. बिष्णुप्रसाद मिश्रले बैकल्पिक उपचार विधी होमियोप्याथिक चिकित्सा लाई विकास र विस्तार गर्ने आजको आवश्यक भएको बताउँनु भयो । उहाँले भन्नु भयो एलोप्थीक संगै होमियोप्याथिक उपचार विधी लाई पनि हामीले संगै लैजानु पर्दछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।