भोजपुरमा एक हजार बढीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

भोजपुर, १४ माघ । भोजपुरमा एक हजारभन्दा बढीले कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् ।

आजबाट शुरु भएको कोभिड–१९ विरुद्धको खोप अभियानमा एक हजार ३३५ लाई खोप दिइने जिल्ला अस्पतालका सूचना अधिकारी सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

अभियानको पहिलो दिन आज जिल्ला अस्पताल भोजपुरका चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायत गरी १२८ जनालाई खोप लगाइएको स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ । खोपको पहिलो डोज लगाएर दोस्रो डोज चार सातापछि लगाएसँगै मात्रा पूरा हुने स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, सामुदायिक स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, एम्बुलेन्स तथा शवबाहन चालक, सहचालक र कोरोना भाइरसबाट मृ त्यु भएकाको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई खोप दिइने जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले जिल्ला अस्पताल भोजपुरका डा पवित्रा श्रेष्ठलाई खोप कार्ड हस्तान्तरण गरेर अभियानको शुभारम्भ गर्नुभएको हो । यो अभियान माघ २३ गतेसम्म सञ्चालन हुने बताइएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।