डोरम्याट बनाउने सीपमूलक तालिम
धनकुटा । १ नं प्रदेश सभा सदस्य तथा नेपाल महिला संघ धनकुटाका अध्यक्ष लिला सुब्बाले महिलाहरुलाई आत्म निर्भर बनाउन सीप नै आवाश्यक रहेको वताउनु भएको छ ।
सीप सिकाई महिलालाई आत्मनिर्भर बनाउने उदेश्यका साथ नेपाल महिला संघ धनकुटा नगरपालिका ६ नं वडा समितिले सञ्चालन गरेको डोरम्याट बनाउने सीपमूलक तालिम समापन कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले त्यस्तो वताउनुभएको हो । नेपाल महिला संघ धनकुटा नगरपालिका वडा नं ६ का वडा कार्य समिति अध्यक्ष कुसुम जोशी श्रेष्ठको अध्यक्षतमा सञ्चालित कार्यक्रममा वोल्ने वक्ताहरुले सीप बिनाको मानिस अधुरो र अपुरो हुने भएकाले सवैले सीप सिक्न जरुरी रहेको वताएका थिए । उनिहरुले सीपले मानिसलाई समृद्धी बनाउने समेत वताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,वडा नं ६ का वडाध्यक्ष नरेश श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । धनकुटा नगरपालिका वडा नं ६ का विभिन्न टोल वस्तिका ४० जना महिलाहरुले भाग लिएको सीपमूलक तालिममा प्रशिक्षकहरु कुसुम जोशी श्रेष्ठ र बिनिता श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको सञ्चालन र सहजीकरण सचिव सुजता श्रेष्ठले गर्नु भएको थियो । स्वागत मन्तव्य वडा कार्य समितिका सहसचिव बिनिता श्रेष्ठले राख्नुभएको थियो ।


