धनकुटाका ५ सय ३९ सहित प्रदेश १ मा १३ हजार बढीले कोभिड १९ विरुद्धको खोप लगाए

विराटनगर । धनकुटाका ५ सय ३९ सहित प्रदेश १ मा १३ हजार बढीले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । खोप शुरु भएको ५ दिनको अवधिमा १३ हजार २ सय ८३ जनाले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म सुनसरीमा २ हजार ६ सय ५४, झापामा २ हजार ५ सय ८१, मोरङमा २ हजार २ सय २४, इलाममा १ हजार १ सय ४, भोजपुरमा ५ सय ८२, ओखलढुङ्गामा ५ सय ६३, पाँचथरमा ४ सय ८९, ते¥हथुममा ४ सय ४२, खोटाङमा ३ सय ४६, उदयपुरमा ३ सय ३४, सोलुखुम्वुमा २ सय २६, संखुवासभामा २ सय ८१ र ताप्लेजुङमा २ सय १८ जनाले खोप लगाएका छन् ।

यो प्रदेशमा माघ १४ गतेदेखि कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका निमित्त निर्देशक ज्ञानबहादुर वस्नेतले मोरङमा ५, सुनसरीमा ४, झापा र इलाममा ३–३ र अन्य जिल्लामा १–१ वटा खोप केन्द्र मार्फत खोप लगाउने गरिएको बताउनुभयो ।

प्रदेश १ मा पहिलो चरणमा सरकारी तथा निजि अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाईकर्मी सहित ३५ हजार ५ सय ७६ लाई खोप लगाईने कार्यक्रम छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।