मुलुकलाई स्थायित्व दिन निर्वाचन गर्न लागिएको हो ः उपप्रम पोखरेल

नुवाकोट, १९ माघ (रासस) ःउपप्रधानमन्त्री ईश्वर पोखरेलले तोकिएको समयमा नै प्रतिनिधिसभा निर्वाचन हुने बताउनुभएको छ । सदरमुकाम विदुरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आयोजनामा आज भएको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले कोही कसैले पनि तोकिएका समयमा निर्वाचन होला कि नहोला भनेर आशङ्का गर्नुपर्ने अवस्था नभएको स्पष्ट गर्नुभयो ।

“तोकिएको समयमा निर्वाचन नहोस् भन्ने पक्षले चलाएको हल्लाको पछि लाग्नु हुँदैन । निर्वाचन नचाहने पक्षले निर्वाचन आयोगलाई धम्की दिइरहेका छन् । दल दर्ता, निर्वाचन कार्यक्रम सञ्चालन नगर भनिरहेका छन् । गलत दवाव र धम्कीले निर्वाचन रोकिँदैन”, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले मुलुकलाई अस्थिरता र प्रतिक्रान्तितिर लैजाने षड्यन्त्र रोकेर मुलुकलाई स्थायित्व दिनका लागि निर्वाचन गर्न लागिएको स्पष्ट पार्दै नेकपा सचिवालय सदस्य पोखरेलले अदालतले गरेको निर्णयलाई स्वीकारिने बताउनुभयो ।

पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टी नेतृत्वलाई प्रतिक्रान्तिबाट बचाउनका लागि नै नयाँ जनादेश प्राप्त गर्न निर्वाचनमा जानुपरेको बताउनुभयो ।

यसैबीच आज नै जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले तोकिएका समयमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक काम गर्न निर्देशन दिनुभयो । उहाँले नागरिकलाई दिइने दैनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि कार्यालय कार्यालयबीच समन्वयको खाँचोमा जोड दिनुभयो ।

कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जिल्लाको वस्तुस्थिति र समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖