भेडेटार र नाम्जेमा रहेका होटल रेष्टुरेन्टहरुको खाद्य स्वच्छताको आधारमा स्टिकर टाँस
धनकुटा, २१ माघ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले सागुँरीगढी गाउँपालिकाको भेडेटार र नाम्जेमा रहेका होटल रेष्टुरेन्टहरुको खाद्य स्वच्छताको आधारमा होटेल रेस्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धि निर्देशिका २०७४ बमोजिम निरीक्षण अनुगमन गरी वर्गीकरण गरेको छ।
उक्त निर्देशिका अनुसार खाद्य स्वच्छताको ५० वटा मुल्यांकन सूचाङ्कको प्राप्त नम्बरको आधारमा प्राप्ताङ्क ढण् भन्दा बढी आएमा अति उत्तम हरियो स्टिकर, प्राप्ताङ्क ८० देखि ८९ सम्म आएमा उत्तम स्तर २ तारा र ख सहित उत्तम लेखिएको हरियो स्टिकर, प्राप्ताङ्क ६५ देखि ७९ सम्म आएमा सन्तोषजनक स्तर १ तारा र ग सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर, प्राप्ताङ्क ५० देखि ६४ सम्म आएमा सामन्य स्तर घ सहित सामन्य लेखिएको पहेँलो स्टिकर टाँस गरेको छ ।
अनुगमन निरीक्षणको क्रममा यहाँका ३१ वटा होटेल रेष्टुरेन्ट स्तरीकरण गरिएकोमा ४ वटा लाई सुधार गर्ने निर्देशन दिइएको छ।२ तारा र ख सहित उत्तम लेखिएको हरियो स्टिकर हिमालय होटेल एण्ड रेष्टुरेन्ट, होटेल अरुण भ्याली, होटेल बुद्ध इन, होटेल माउन्ट एभरेस्ट र बराह भेडेटार मल्टीप्रपोज कम्पनि सहित ५ वटाले प्राप्त गरेका छन त्यस्तै १ तारा र ग सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर १२ वटा होटेल रेष्टुरेन्टले प्राप्त गरे भने घ सहित सामन्य लेखिएको पहेँलो स्टिकर १४ वटा होटलले प्राप्त गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका कार्यालय प्रमुख अनुप हलवाइले जानकारी दिनु भयो कार्यक्रमको उत्घाटन सागुँरीगढी गाउँपालिकाका उपाध्यक्ष श्री वृन्दा रार्इले गर्नु भएको थियो ।
अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय खाद्य निरीक्षक सुशिल कोइराला, श्रीजन जोशी, सागुँरीगढी गाउँपालिका वडा न.६ वडाध्यक्ष याम प्रकाश मगर, ईलाका प्रहरी कार्यालय भेडेटारका प्र.ना.नि.महेन्द्र पराजुली, प्रहरी हवल्दार उमेश खतिवडा, होटेल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली सचिब तुमराज लिम्बु, लगायतको उपस्थिीति रेहको थियो ।


