हात्तिखर्ककी क्या’न्सर पिडित बालिकालाई आर्थिक सहयोग

नारायण कुमार राई/धनकुटा,२१ माघ । धनकुटाको छथर जोरपाटी १ हात्तिखर्क फंलाटेकी ब्लड क्या’न्सर भएकी ५ बर्षिया साक्षी लिम्बूलाई तीन लाख १४ हजार १ सय ५ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

धनकुटाको सहिदभूमि गाउँपालिका–७ घर भइ हाल जापानमा रहेका मिलन छिलिङीको अगुवाईमा उक्त रकम संकलन गरि हस्तानन्तरण गरिएको हो । बुधबार सहिदभूमि ७ को सिद्धदेबी मा.बि.ले धनकुटामा एक हस्तान्तरण कार्यक्रम गरेर संकलित रकम लिम्बूकी बुवा गणेश लिम्बूलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कमल बहादुर राई,प्रधानाध्यापक रत्न राई र शिक्षा विकास तथा समन्वय इकाई धनकुटाकी प्रमुख मोहन राईले हस्तान्तरण गर्नुभएको थियो । मिलनको पहलमा देश तथा विदेशबाट उपचारका लागि ९० जनाले सहयोग गरेका छन् । उ गत फागुन ९ गतेदेखि काठमाण्डौको कान्ति बाल अस्पतालमा उपचाररत रहेकी लिम्बुको २४ पटक उपचार गर्नुपर्नेमा ४ पटकको सकिएको बुवा गणेशले जानकारी दिनुभयो ।

पहिलेको अवस्था भन्दा छोरीको स्वास्थ्यमा धेरै सुधार आएको सहयोग गर्ने सबैलाई गणेशले कृतज्ञता ज्ञापन गर्नुभएको छ । रकम संकलन गर्ने छिलिङ सिद्धदेवी माविका पूर्व शिक्षक समेत रहेकाले सोहि विद्यालयको आयोजनामा रकम हस्तान्तरण गरिएको कार्यक्रम समन्वयनकर्ता ईश्वरी सुवेदीले जानकारी दिनुभयो ।

गणेश भलिवल खेलाडि भएका नाताले यस अघि गाउँपालिकाले रु १० हजार सहित छथर स्पोर्सको पहलमा देश बिदेशबाट ३ लाख ८६ हजार ३ सय ५५ सहयोग जुटेको थियो । छोरीको उपचारका लागि अझैं १५ देखि २० लाख सम्म खर्च लाग्ने लिम्बूले धनकुटा खबरलाई जानकारी दिनुभयो ।

सहयोगदाताहरुको नाम हेर्न यहॉं थिच्नुहोस्>>>

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।