ट्राफिक नियम सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न
धनकुटा,२१ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले सवारी चालक,सवार यात्रु,पैदल यात्रीहरु लाई सचेत गराउन तथा ट्राफिक नियम सम्बन्धी प्रशिक्षण र मालबाहक सवारी साधन ,यात्रु बहाक सवारी साधनमा सवारी धनीको सम्पर्क नम्वर लेखन,आरक्षण सिट भए नभएको चेकजाच गरी आरक्षण सिट मा यात्रु राखे नराखेको अनुगमन गरेको छ ।
कार्यक्रममा प्रजिअ बासुदेब दाहालले सबै यात्रुहरुले ट्राफिक नियमको पालना गर्नु आवश्यक रहेको बताउँनु भयो ।कार्यक्रमा जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख गोविन्द अधिकारी, ट्राफिक प्रहरी कार्यलयका प्रमुख धनकुटाका प्रमुख सुरेन्द्र खड्का, धनकुटा नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनाल, यातायात व्यावसायीका प्रतिनीधी पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
यो पनि पढ्नुहोस्…
बागलुङमा कृषि ज्ञान केन्द्र स्थापना
बलेवा, २१ माघ (रासस) : गण्डकी प्रदेशको बागलुङमा कृषि ज्ञान केन्द्र स्थापना भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आज बागलुङ बजारमा केन्द्रको कार्यालय स्थापना गरेको हो ।
तीन वर्ष पहिले जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि बागलुङका किसानले पर्वतमा रहेको कृषि ज्ञान केन्द्रबाट सेवा लिँदै आएका थिए । किसानसँग सम्बन्धित कार्यालय नै भौगोलिक हिसाबले टाढा रहेको भन्दै गुनासो आएपछि सबै जिल्लामा ज्ञान केन्द्र स्थापना थालिएको थियो । गण्डकी प्रदेश सरकारको निर्णयअनुसार सबै जिल्लामा कृषि ज्ञान केन्द्र र पशु विज्ञ केन्द्र स्थापना गर्ने अभियान चलिरहेको छ ।
कार्यालयको आज उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले किसानलाई सहयोग र सम्मानको आवश्यकता रहेको बताउनुभयो । देशको प्राण धान्ने मुख्य मेरुदण्ड नै कृषि क्षेत्र भएको भन्दै थापाले किसानको सम्मान नभएसम्म कृषि पेशामा लाग्नेबाट उत्पादनमा आशा गर्न नसकिने बताउनुभयो । गण्डकी प्रदेश सरकारले किसानलाई साथ र सहयोग गर्न नीतिगत तहमानै व्यवस्था गरेकाले त्यसको कार्यान्वयनमा सरोकारवाला लाग्नुपर्नेमा उहाँको जोड थियो ।
नजिकको सरकारका रुपमा रहेका स्थानीय तहले अझै पनि कृषि क्षेत्रमा उत्साहजनक लगानी गर्न नसकेको भन्दै उहाँले कृषि क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो । सरकारले उत्पादन, प्रशोधन, प्याकिङ र बजारीकरणमा सहयोग गर्ने भन्दै उहाँले उत्साहित भएर व्यावसायिक कृषिमा लाग्न उहाँको आग्रह थियो । माघ महिनाभित्रै गण्डकी प्रदेशका सबै जिल्लामा कृषि ज्ञान केन्द्र र पशुविज्ञ केन्द्र स्थापना भइसक्ने उहाँले जानकारी दिनुभयो । सीमित पूर्वाधार र जनशक्तिको परिचालन गरेर स्थापना भएका कार्यालयबाट अधिकतम फाइदा लिन उहाँले किसानलाई आग्रह गर्नुभयो ।
साविकको कृषि विकास कार्यालय रहेकै भवनमा कृषि ज्ञान केन्द्र स्थापना भएको छ । कार्यालय खारेज भएपछि खाली रहेको भवनमा बागलुङ नगरपालिकाले प्रशासनिक कार्यालय स्थापना गरेको छ । खेलिरहेको समयमा आफ्नो कार्यालय स्थानान्तरण गरेको नगरपालिकालाई चालु आर्थिक वर्षभित्रै वैकल्पिक व्यवस्था गरेर केन्द्रको लागि भवन खाली गरिदिन उहाँले आग्रहसमेत गर्नुभयो । ज्ञान केन्द्रमा तत्कालका लागि वरिष्ठ कृषि विकास अधिकृत भानुभक्त भट्टराईको नेतृत्वमा आठ कर्मचारीको समूहले सेवा प्रवाह गर्नेछ ।


