बाह्रै महिना विद्युत् निर्यात गर्न सकिने गरी आयोजनाको काम भइरहेको छः प्रम ओली

पर्वत, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुश्मा नगरपालिका–२ खुर्कोट र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा स्थापना भएको नेपालकै दोस्रो ठूलो खुर्कोट–दाना सबस्टेशनको आज उद्घाटन गर्नुभएको छ । नेपाल विद्युत् प्राधिकरणको २२०÷१३२ केभी कुश्मा सबस्टेशन तथा २२० केभी कुश्मा–दाना प्रसारण लाइन र २२०÷१३२÷३३ केभीको दाना सबस्टेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्नुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी भने कार्यक्रमस्थलमै पुग्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक ऊर्जाको क्षेत्रमा समृद्ध बन्दै गएको, विद्युत्भार कटौती अन्त्य भई विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको तथा बाह्रै महिना विद्युत्को निर्यात गर्न सकिने गरी आयोजनाको काम भइरहेको बताउनुभयो ।

पूर्वपश्चिम रेलमार्ग छिट्टै सञ्चालन

हाल सञ्चालनमा रहेका आयोजना पूरा भएपछि नेपाल छिमेकी देशलाई विद्युत् बिक्री गरी आयआर्जन गर्न सक्षम हुने बताउँदै उहाँले निर्माणाधीन योजनालाई समयमै सम्पन्न गर्नका लागि निर्देशनसमेत दिनुभयो । प्रधानमन्त्री ओलीले एकदुई वर्षभित्र नेपालमा आवश्यक पर्ने विद्युत् आफँै उत्पादन गर्ने र वर्षायाममा बढी भएको विद्युत् भारत र बङ्गलादेशलाई निर्यात गर्ने गरी तयारी भइरहेको बताउनुभयो । उहाँले मुलुकमा सडक यातायात, पुल, झोलुङ्गे पुल, तुइन विस्थापन र रेलसेवा सञ्चालनका सन्दर्भमा थुप्र्रै प्रगति भएको बताउँदै पूर्वपश्चिम रेलमार्ग पनि छिट्टै सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले बागलुङको ढोरपाटन र म्याग्दीको अन्नपूर्णका विभिन्न क्षेत्रमा गत वर्षायाममा बाढीले पु¥याएको क्षतिपूर्ति र पुनःनिर्माणका लागि गम्भीररूपले सम्बोधन गरिने बताउनुभयो ।

२० वर्षभित्र ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्छौँ ः ऊर्जामन्त्री

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालमा आगामी २० वर्षभित्र ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी संरचना निर्माण भएको बताउनुभयो । उहाँले विद्युत् उत्पादनभन्दा पनि खपतको समस्या रहेको बताउँदै परिमाणमा विद्युत् खपत गर्नुपर्ने ठूलो अवाश्यकता रहेको बताउनुभयो ।

उहाँले विसं २०७२ मा ओली प्रधानमन्त्री र आफू ऊर्जामन्त्री हँुदा नेपालको ऊर्जा क्षेत्रमा विकास गर्ने गरी ९९ बुँदे गुरुयोजना बनाएको र त्यसैको जगमा उभिएर अहिले ऊर्जा क्षेत्रमा धमाधम काम भइरहेको बताउनुभयो । उहाँले विगतमा झोलामा खोला हालेर हिँड्ने अवस्थालाई अन्त्य गरिएको बताउँदै सरकार टेक अर पे को नीतिअनुसार अघि बढेको बताउनुभयो । उहाँले व्यवसायीले तोकिएको समयभित्र योजना सम्पन्न नगरे जरिवना गर्ने र समयभित्रै सम्पन्न गरे विद्युत् खरीद गरिदिने नीति बनाएर सरकार अघि बढेको बताउनुभयो ।

अर्को प्रसङ्गमा नेकपा स्थायी कमिटी सदस्य रायमाझीले बहुमतप्राप्त प्रधानमन्त्रीलाई काम गर्न नदिएर सडकमा जानु विडम्वनापूर्ण भएको बताउँदै मुलुकको हित र रक्षाका लागि ताजा जनादेशमार्फत अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, तत्कालीन संविधानसभा सदस्य कल्पना चापागाईँ, पूर्वसांसद पदम गिरी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायतले सम्बोधन गर्नुभएको थियो ।

सो अवसरमा प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुश्मा–दाना सबस्टेशन र प्रसारण लाइन आयोजनाका बारेमा जानकारी गराउनुभएको थियो । विसं २०७३ जेठ १७ गते शुरु भएको योजना गत जेठ १८ मा सम्पन्न हुनुपर्नेमा केही ढिलाइ भएको छ । आयोजनाको अझै तीन प्रतिशत काम सम्पन्न गर्न बाँकी छ । कालीगण्डकी प्रसारण करिडोर आयोजना निर्माणका लागि जेभी अफ टाटा प्रोजेक्ट एण्ड चिन्ट इलेक्ट्रिक कम्पनीले जिम्मा पाएको थियो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।