प्रादेशिक संचार प्रतिष्ठानका सदस्य श्रेष्ठलाई पत्रकार महासंघ पाँचथर शाखाद्वारा सम्मान
धनकुटा,२२ माघ । नेपाल पत्रकार महासंघ पाँचथर शाखाले प्रादेशिक संचार प्रतिष्ठानको सदस्य पदमा मनोनीत हुनु भएकोमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठलाई एक कार्यक्रमा विच सम्मान गर्नु भएको हो ।
नेपाल पत्रकार महासंघ पाँचथर शाखाले अध्यक्ष लबदेव ढुगानाले एक कार्यक्रम गर्दे अध्यक्ष श्रेष्ठ लाई सम्मान गर्नु भएको हो । सम्मान कार्यक्रमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यहरु लक्ष्मण कार्कि, गोपाल बराईली, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका उपाध्यक्ष नगेन्द्र राई, सचिव विदुर खवास, कोषध्यक्ष नारायण कुमार राई, केन्द्रिय पार्षद विनोद घिमिरे, कार्यसमिती सदस्य विकास घिमिरे, कार्यलय सचिव दिवश भूजेल लगायतको उपस्थिती रहेको थियो।
यो पनि पढ्नुहोस्…
कीर्तिनिधि विष्ट अध्ययन केन्द्र स्थापित
काठमाडौंँ, २२ माघ(रासस)ः नेपालको आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रका विविध पक्षको अध्ययन तथा अनुसन्धान गर्ने हेतुले ’कीर्तिनिधि विष्ट अध्ययन केन्द्र’ स्थापना गरिएको छ । प्रा डा सुदर्शनराज तिवारीका अध्यक्षतामा गठित केन्द्रका उपाध्यक्षमा नवीन्द्र राजभण्डारी, कोषाध्यक्षमा कमला पाठक र सदस्य सचिवमा नरेन्द्रराज प्रसाईँ रहनुभएको छ । त्यस्तै सदस्यमा प्रा डा मोहन लोहनी, दिलीप कार्की, दलबहादुर गुरुङ, नानु पन्त र रजनी उपाध्याय रहनुभएको छ ।
केन्द्रले पूर्वप्रधानमन्त्री विष्टका छोरा डा विनोद विष्टलाई संरक्षकमा मनोनयन गरेको छ । केन्द्रले जनोपयोगी कार्य गर्नाका अतिरिक्त आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रका व्यावहारिक विषयमा तालीम र प्रशिक्षण दिने उद्देश्य राखेको छ । नेपाल सरकारका आवधिक योजना र कार्यक्रम आदिको मूल्याङ्कनसमेत गर्नाका साथै नेपालको जलस्रोत व्यवस्थापन र सुरक्षाको अवधारणामा केन्द्रित भई विविध कार्य गर्ने संस्थाको प्रमुख उद्देश्य रहेको केन्द्रका सदस्य सचिव प्रसाईँले जानकारी दिनुभयो ।


