कोभिशिल्ड खोपको गति सुस्त

महोत्तरी, २३ माघ (रासस) ः कोभिड–१९ महामारीविरुद्धको खोप लगाउने साप्ताहिक लक्ष्य लगभग पूरा भएको छ । जिल्लामा माघ १४ गते प्रारम्भ गरिएको यो अभियानमा बिहीबारसम्म दुई हजार २११ ले खोप लगाएका छन् । पहिलो चरणमा जिल्लालाई प्राप्त २४३ भाइल यो खोप दुई हजार २३० जनालाई लगाइने साप्ताहिक लक्ष्य रहेको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लामा महोत्तरी कारागारका ४६० कैदीबन्दीलाई यो खोप दिइएको छ । प्रथम चरणमा यो खोप चिकित्सक÷स्वास्थ्यकर्मी, एम्बुलेन्स र शववाहनका चालक, सरसफाइकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई लगाइने गरी प्राथमिकता निर्धारण गरिएको थियो । यद्यपि खोप लिन अस्पताल आउनेको सङ्ख्या अपेक्षाअनुसार नभएको कार्यालयले जनाएको छ ।

“हामीले अभियानका पहिला तीन दिन जलेश्वर अस्पतालबाट खोप अभियानको सेवा दियौँ, त्यसपछि बर्दिवास अस्पतालबाट पनि खोप दिन थालिएको छ”, स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड–१९ रोकथाम अभियानका स्रोतव्यक्तिसमेत रहनुभएका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले भन्नुभयो, “खोपबारे सामाजिक सञ्जालमा फिजाइएका अनावश्यक भ्रमले उत्साहपूर्ण सहभागिता नभएझै लाग्छ ।” खोपको गति निकै सुस्त रहेको झाको स्वीकारोक्ति छ ।

“खोप एक दिनमा ५०० लाई लगाउन सकिन्थ्यो, यो गति हुँदा हामीलाई प्राप्त २४३ भाइल बढीमा पाँच दिनभित्र सकिनुपथ्र्यो”, झाले भन्नुभयो, “तर एक साता बित्दासम्म बल्ल हामी लक्ष्यको नजिक पुग्न सक्याँै ।” एउटा भाइलबाट १० जनालाई खोप दिन सकिने स्पष्ट पार्दै झाले कारागारका कैदीबन्दीले भने खोपमा उत्साहपूर्ण सहभागिता जनाएका बताउनुभयो ।

फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर शुरु गरिएको खोप लिन स्वास्थ्यकर्मी नै आनाकानी गरिरहेका बुझिएको छ । खोपबारे सामाजिक सञ्जालमा विभिन्न भ्रम देखेपछि खोप लगाउने घटेका स्वास्थ्यकर्मीको ठम्याइ छ । खोप लिँदा कसैकसैलाई टाउको दुख्ने, हल्का ज्वरो आउने लक्षण देखिए पनि यो स्वतः आफैँ ठिक हुँदै जाने जनस्वास्थ्य निरीक्षक झा बताउनुहुन्छ । यद्यपि यस्तो लक्षणबारे महोत्तरीमा अहिलेसम्म कतैबाट गुनासो नआएको कार्यालयले स्पष्ट पारेको छ । कोभिशिल्ड खोप खास अवसर भएकाले यो सेवा लिन उत्साहपूर्ण सहभागिता जनाउन कार्यालयले अपिल गरेको छ ।

प्रथम चरणमा प्राप्त खोप भाइल सकिनै लागे पनि छिमेकका जिल्ला र प्रदेश स्वास्थ्य निर्देशनालयबाट आवश्यक मात्रा तत्काल उपलब्ध हुने अवस्था रहेको कार्यालयले स्पष्ट पारेको छ । “कोभिशिल्ड खोप हाम्रा लागि खास अवसर हो”, जनस्वास्थ्य निरीक्षक झाले भन्नुभयो, “सामाजिक, राजनीतिक र अन्य सम्वद्ध सबै क्षेत्रले यसबारे निर्धक्कसाथ उत्प्रेरणा जगाएपछि सहभागिता बढ्नेछ ।”

जलेश्वर अस्पतालबाट प्रारम्भ गरिएको कोभिशिल्ड खोप सेवा बर्दिवास अस्पतालबाट पनि दिइँदैछ । यो सेवा क्रमशः जिल्लाका अन्य अस्पतालमा विस्तार गरिने कार्यालयले जनाएको छ । पहिलोपटक खोप लिएकाहरुले चार सातापछि अर्को खोप लिनेछन् । थप खोप प्राप्त हुँदै गएपछि क्रमशः जनस्तरमा यो सेवा प्राथमिकता निर्धारण गरेरै विस्तार गरिँदै जाने कार्यालयले जनाएको छ ।

कारागारका कैदीबन्दीले अभियानको प्रारम्भिक चरणमै खोप लिन पाएपछि खुशी व्यक्त गरेका छन् । “हामी जेलभित्र रहेकाहरुलाई सम्झन्छन् सम्झँदैनन् भन्ने लागेको थियो”, महोत्तरी कारागार जलेश्वरका एक थुनुवाले भन्नुभयो, “माहामारीविरुद्धको खोप लिन पाइयो, खास कुरा पाइयो भन्ने लागेको छ ।” खोप लिएको तीन दिन भइसक्दासम्म कुनै अस्वभाविक लक्षण केही महसुस नगरिएको कैदीबन्दीको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।