नाप तौल सम्वन्धि डोर मुकाम कार्यक्रम धनकुटा बजारमा सम्पन्न
धनकुटा । धनकुटा उद्योग बाणिज्य संघको आयोजना र गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सहयोगमा आज धनकुटामा नाप तौल सम्वन्धि डोर मुकाम कार्यक्रम धनकुटा बजारमा सम्पन्न भयो ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले शुभारम्भ गर्नु भएको नाप तौल सम्वन्धि डोर मुकामका कार्यक्रममा धनकुटा बजारका उद्योगी व्यापारी तथा व्यावसायीहरुले आफ्नो व्यावसायमा प्रयोग हुने नाप तथा तौल किलो काटाको नविरकण तथा नया दर्ता गराउनु भएको थियो ।
धनकुटा बजारका व्यापारी तथा व्यावसायी र उद्योगीहरुको नाप तौलको प्रत्यक्ष निरिक्षण तथा चेक जाच गरी नविकरण तथा दर्ता गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरका निरिक्षक संजिव कुमार ठाकुर,साहयक निरिक्षकहरु टेक वहादुर थापा, प्रमोद कुमार यादव र कर्मचारी जितेन्द्र चौधरीले डारे मुकामको क्रममा गर्नु भएको थियो ।
उक्त कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु रेजिना पलिखे,अम्विका धमला,उज्वल कर्माचार्य, रिदम श्रेष्ठ,नेपाल सुन चादी कला व्यावासायी संघ धनकुटका अध्यक्ष शंकर ल्वागुन,कोषाध्यक्ष मनोज ल्वागुन,सहसचिव शिखर श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघका कार्यालय सचिव सिचन प्रधान ,कर्मचारीहरु मुकेश राई,मनिस श्रेष्ठ,नवराज श्रेष्ठ लगायतले नाप तौल दर्ता तथा नविकरणको प्रक्रियाको वारेमा व्यावसायीहरुलाई सहजकीरण गर्नु भएको थियो । उक्त नाप तौल सम्वन्धि डोर मुकाम कार्यक्रममा नाप तौल सम्वन्धि सहजिकरण १ सय १८ जनालाई गरिएको र १ सय ६ जना भन्दा बढी व्यापारी ,तथा व्यावसायीहरुको नाप तौलको नविकरण तथा दर्ता गरिएको धनकुटा उद्योग बाणिज्य संघका कार्यालय सचिव सिचन प्रधानले वताउनु भयो ।
धनकुटा उद्योग बाणिज्य संघको आयोजनामा र गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सहयोगमा माघ २४ गते शनिवार विहान हिले बजारमा र दिउसो सिधुवा बजारमा र माघ २५ गते विहान पाख्रिवास बजारमा नाप तौल सम्वन्धि दर्ता तथा नविकरणका लागी डोर मुकाम कार्यक्रम संचालन गरिने कोषाध्यक्ष रुपेश श्रेष्ठले जानकारी दिनुभयो ।


