आफ्नो घर आगनमा नाप तौलको दर्ता र नविकरण गर्न पाउदा धनकुटाका व्यावसायीहरु खुशी
धनकुटा । धनकुटा उद्योग बाणिज्य संघको आयोजना र गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सहयोगमा आज धनकुटामा नाप तौल सम्वन्धि सञ्चालित डोर मुकाम कार्यक्रम मार्फत आफ्नै घर आगनमा नाप तौलको दर्ता तथा नविकरण गर्न पाउदा धनकुटाका व्यावसायीहरु खुशी भएका छन ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले शुभारम्भ गर्नु भएको नाप तौल सम्वन्धि डोर मुकाम कार्यक्रममा धनकुटा बजारका उद्योगी व्यापारी तथा व्यावसायीहरुले आफ्नो व्यवसायमा प्रयोग हुने नाप तथा तौल किलो काटाको नविरकण तथा नयाँ दर्ता गराएका थिए ।
धनकुटा बजारका व्यापारी तथा व्यावसायी र उद्योगीहरुको नाप तौलको प्रत्यक्ष निरिक्षण तथा चेक जाच गरी नविकरण तथा दर्ता गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरका निरिक्षक सञ्जिव कुमार ठाकुर,साहयक निरिक्षकहरु टेक वहादुर थापा, प्रमोद कुमार यादव र कर्मचारी जितेन्द्र चौधरीले गरेका थिए ।
कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु रेजिना पलिखे,अम्विका धमला,उज्वल कर्माचार्य, रिदम श्रेष्ठ,नेपाल सुन चादी कला व्यावासायी संघ धनकुटका अध्यक्ष शंकर ल्वागुन,कोषाध्यक्ष मनोज ल्वागुन,सहसचिव शिखर श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघका कार्यालय सचिव सिचन प्रधान ,कर्मचारीहरु मुकेश राई,मनिस श्रेष्ठ,नवराज श्रेष्ठ लगायतले नाप तौल दर्ता तथा नविकरणको प्रक्रियाको वारेमा व्यावसायीहरुलाई सहजकीरण गरेका थिए । नाप तौल सम्वन्धि डोर मुकाम कार्यक्रममा नाप तौल सम्वन्धि सहजिकरण १ सय १८ जनालाई गरिएको र १ सय ६ जना भन्दा बढी व्यापारी ,तथा व्यावसायीहरुको नाप तौलको नविकरण तथा दर्ता गरिएको धनकुटा उद्योग बाणिज्य संघका कार्यालय सचिव सिचन प्रधानले वताउनु भयो ।
गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरमा धनकुटाबाट गएर नाप तौलकौ दर्ता तथा नविकरण गर्दै आएका व्यवासायीहरुलाई धनकुटा उद्योग बाणिज्य संघको पहलमा डोर मुकाम कार्यक्रमको आयोजना गरी आफ्नै घर आगनमा अहिले नाप तौल दर्ता गर्न पाउदा आफुहरु खुशी भएको धनकुटका व्यावसायीहरुले वताएका छन् ।
याे कार्यक्रम भाेलि विहान हिले बजारमा, दिउसो सिधुवा बजारमा र माघ २५ गते विहान पाख्रीवास बजारमा सञ्चालन गरिने धनकुटा उद्याेग वाणिज्य संघले जनाएकाे छ ।


