आ’गलागीबाट घर न ष्ट भएका परिवारलाई राहत
धनकुटा । आ’गलागीबाट घर न ष्ट भएका चौविसे गाउँपालिका वडा नं ५ बोधेका आसे सार्की र कविरी सार्कीको परिवारलाई राहत दिईएको छ । यहि माघ २२ गते लागेको आगोबाट दाजु र भाई दुवै घरको धनमाल, खाद्यन्न,लत्ता कपडा पुर्णरुपमा जलेर नष्ट भएको थियो ।
सार्कीको परिवारलाई जिल्ला प्रशासन,रेडक्रस,स्थानियबासी तथा समाजसेवीहरुले सहयोग गरेका हुन् । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल , जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी उपरिक्षक गोविन्द्र अधिकारी, शसस्त्र प्रहरी बल नेपाल ६ नं गुल्म हेक्टक्वाटर छिन्ताङ्ग धनकुटाका डिएस्पी रामचन्द्र श्रेष्ठ , चौविसे गाउँपालिका वडा नं ५ का अध्यक्ष पदम बहादुर देवान लगायत विभिन्न संघका प्रतिनिधीहरु उहाँहरुकै घरमा पुगेर राहत दिईएको हो ।
जिल्ला बिपद ब्यबस्यापन समिति जिल्ला प्रशासन कार्यालय धनकुटाले नगद ३० हजार, रेडक्रस शोसाईटी धनकुटाले त्रिपाल लत्ताकपडा, भाँडावर्तन लगाएतका सामाग्री दिएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी उपरिक्षक गोविन्द अधिकारी जानकारी दिनुभयो ।


