विद्यार्थीहरु सँग अन्तरक्रिया

धनकुटा । हिले क्याम्पस धनकुटा १ हिलेले प्लस २ पास गरेको विद्यार्थीहरु सँग अन्तरक्रिया गरेको छ । क्याम्पसले विद्यार्थीहरु सँग वाणिज्य सङ्काय तर्फको ४ वर्षे स्नातक तह बि बि एस कार्यक्रम अन्तर्गत प्रथम वर्षको भर्ना सम्बन्धि अन्तरक्रिया गरेको हो ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष भुपेन्द्र कटुवालको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा प्रमुख अतिथि धनकुटा नगरपालिका १ का वडाध्यक्ष निरेन तामाङ्ले प्लस २ पास गरेको विद्यार्थीहरुलाई वधाई दिदै सवै विद्यार्थीहरुलाई हिले क्याम्पसमै अध्ययन गर्न अनुरोध गर्नु भएको छ । भौतिक रुपमा क्याम्पसलाई सुविधा सम्पन्न वनाएको जानकारी दिनुभयो ।

अर्को वर्षदेखी क्याम्पसलाई न्यूरोड स्थितको भौतिक रुपमा सुविधा सम्पन्न आधुनिक भवनमा स्थानान्तरण गरिने र मास्टर डिग्री पनि छिट्टै ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । यो क्याम्पसलाई प्रदेश १ को पहाडी जिल्लाकै शैक्षिक गन्तव्यको केन्द्रको रुपमा विकास गर्ने योजना रहेको उहाँले वताउनुभयो । अन्तरक्रियाको औचित्य तथा भावि योजनाको वारेमा क्याम्पस प्रमुख तारानाथ मिश्रले प्रकाश पार्नुभएको थियो ।

जसअनुसर क्पापसमा मल्टिमिडिया पद्धतिबाट अध्ययन अध्यापन गरिने,त्रिविविको नियम अनुसार छात्रावृती वितरण गरिने, यो क्याम्पसलाई वहुमुखी क्याम्पस वनाउने लगायतका योजना रहेको जानकारी गराउनुभयो । अन्तरक्रियामा स्वागत मन्तव्य प्राध्यापक योगश भण्डारीले राख्नुभएको थियो भने प्राध्यापकहरुको तर्फबाट प्राध्यापक मुकुन्द शर्माले मन्तव्य राख्नुभएको थियो ।

अन्तरक्रियामा क्याम्पस सञ्चालक समितिका सदस्यहरु वुद्ध तितुङ्, खड्ग थापा लगायतको उपस्थिती थियो । सञ्चालन प्राध्यापक रमेश खत्री पराजुलीले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖