युवासङ्घको अध्यक्षमा सिंह

काठमाडौँ, २७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ सङ्गठन राष्ट्रिय युवासङ्घको अध्यक्षमा बचनवहादुर सिंह चयन हुनुभएको छ । यही माघ २५ र २६ गते काठमाडौँमा भएको सङ्घको दोस्रो केन्द्रीय कमिटी बैठकले सिंहको अध्यक्षमा ५०१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

सङ्घका संयोजक रामप्रसाद सापकोटालाई बैठकले कारवाही गरेको छ । सङ्घको सहअध्यक्षमा किरण पौडेल, उपाध्यक्षमा अमित लामा, अन्जना अधिकारी, सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, गजेन्द्र शाही, अशोक चौलागाईँ, तिरण गौतम र सुमन पुरी तथा महासचिवमा रमेश आचार्य, उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारी रहनुभएको छ ।

यस्तै सचिवमा रवीन्द्र लम्साल, सुमन बुढा, सन्तोषप्रकाश जोशी, सीता सुवेदी, सङ्गीता अछामी, मिलन सिंह, सुमित्रा बोगटी, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, खिलबहादुर राना, सम्राट गौचन, अमित पौडेललगायत ३५ जना रहनुभएको छ । कोषाध्यक्षमा मुकेश बुढाथोकी, सहकोषाध्यक्ष राकेश लामा र हिमेश केसी रहनुभएको छ ।

सहअध्यक्ष पौडेलले तीन महिनापछि सङ्घको पुनःगठन गरिने बताउनुभयो । आगामी जेठ महिनामा अहिलेका अध्यक्ष सिंह ४० वर्ष उमेर पुगेपछि सहअध्यक्ष पौडेल अध्यक्ष बनाउने सहमति भएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।