भेडेटारमा चेम्जोङको पूर्णकदको शालिक

इटहरी, २८ माघः प्रदेश नं १ को भेडेटार चोकमा इमानसिंह चेम्जोङको पूर्णकदको शालिक । पृष्ठभूमिमा भेडेटार भ्यू टावर ।

पर्यटनको एक व्यस्त गन्तव्य भेडेटार कोभिड–१९ अगाडिको अवस्थामा आउन नसकेको होटल एशोसिएशन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली बताउँछन्। तस्बिरः विराट अनुपम÷रासस

यो पनि पढ्नुहोस्…

तमान खोलामा आफ्नै पाठ्यक्रम

– तारानाथ आचार्य बलेवा, २८ माघ (रासस) : तमानखोलाको नर्जाखानीमा तामाको ठूलो खानी छ । परापूर्वकालमा त्यहाँ तामा निकालेर तमानवासीले गुजारा चलाएको किम्बदन्ती पाइन्छ । राजा महेन्द्रका पालोपछि त्यहाँका तामाखानी बन्द भए ।

त्यसबेला तामा निकालेकाले भनेको र सुनेका आधारमा मात्रै अहिलेको पुस्ताले नर्जाखानीमा तामा रहेको जानकारी राखेको छ । यहाँ मगर समुदायको आफ्नै संस्कृति छ । मगर समुदायभित्र पनि छन्त्याल समुदायको भाषा र संकृति छ । धेरै छन्त्याल र मगर समुदायको बसोबास रहेको तमान खोलाको नयाँ पुस्ताले आफ्नो कला संस्कृति र परम्पराबारे भन्ने तथा सुन्ने गरेका छन् तर औपाचारिक पढाइलेखाई भने छैन् ।

सङ्घीय संरचना लागू भएपछि स्थानीय पाठ्यक्रम निर्माण गर्ने र पठनपाठन गराउन पाउने अधिकार स्थानीय सरकारलाई छ । कानूनी रुपमा व्यवस्था भएको यो अधिकार तमानखोला गाउँपालिकाले पहिलो पटक प्रयोगमा ल्याएको छ । तमानको कला, संस्कृति, भूगोल, खानी, कृषि, वन पैदावार र प्राकृतिक स्रोतको विषय समेटेर स्थानीय पाठ्यक्रम निर्माण काम धमाधम भइरहेको छ ।

गाउँपालिका अध्यक्ष संयोजक र शिक्षा अधिकारी सदस्य सचिव रहेको सात सदस्यीय पाठ्यक्रम निर्धारण समितिले अहिले आफ्नै पाठ्यक्रम निर्माणको काम तीव्र बनाएको छ । “किम्वदन्तीको भरमा रहेको हाम्रो माटोको सिकाइ अब व्यवहारिक बनाउँदै छौं”, गाउँपालिका अध्यक्ष जोकलाल बुढाले भन्नुभयो, “आउँदो शैक्षिक सत्रमा आफ्नै पाठ्यक्रम लागू गर्दैछौं ।”

स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका सम्भावनालाई विषयवस्तु बनाएर पाठ्यक्रम निर्माण गरी पठनपाठन गर्नसक्ने संवैधानिक व्यवस्थालाई ध्यान दिँदै तमानखोलाले स्थानीय पाठ्यक्रम निर्माणलाई तीव्र बनाएको हो ।

स्थानीयस्तरमा निर्माण गरिने पाठ्यक्रममा स्थानीय भाषा, कला संस्कृति, वेषभूषा, चालचलन, रहनसहन, पर्यटन, कृषि उत्पादन र पशुपालनका सम्भावना समावेश गरेर पाठ्यक्रम तयार गरिनेछ । पाठ्यक्रम निर्माणको ७० प्रतिशत काम सकिएको गाउँपालिकाका शिक्षा अधिकारी पुरन घर्तीले बताउनुभयो ।

पाठ्यक्रम निर्माणको काम सकिएपछि ‘मेरो गाउँपालिका’ नामक पुस्तक तयार हुनेछ । शुरुमा यो पुस्तक कक्षा १ मा पढाइ हुने उहाँले बताउनुभयो । यो विषय लागू हुने र त्यसपछि क्रमशः कक्षा ५ सम्म पठनपाठन शुरु गरिने घर्तीले जानकारी दिनुभयो ।

हप्ताका चार दिन पठनपाठन हुनेगरी १०० पूर्णाङ्कको पाठ्यक्रम तयारी भइरहेको उहाँले बताउनुभयो । एक सय पूर्णाङ्कलाई दुई खण्डमा एउटा अनिवार्य र अर्को ऐच्छिक खण्ड गरेर विभाजन गरिएको छ । पाठ्यक्रम निर्माणका क्रममा स्थानीयदेखि राष्ट्रिय विज्ञको रायसुझाव लिएर तयार पार्ने काम भइरहेको गाउँपालिका अध्यक्ष बुढाले बताउनुभयो ।

“तयार भएको पाठ्यक्रमलाई पाठ्यक्रम विकास केन्द्रमा पठाइने छ, स्वीकृत भएपछि पठनपाठन शुरु हुन्छ”, बुढाले भन्नुभयो, “अहिले प्राथमिक तहको कक्षा ५ सम्म एक कक्षा सञ्चालन हुनेछ ।” पाठ्यक्रम अनुसारको पुस्तक तयार गरेर निःशुल्क विद्यार्थीलाई उपलब्ध गराइने बुढाले बताउनुभयो ।

‘मेरो गाउँपालिका’ नामक पुस्तक अध्यापनका लागि जनशक्ति व्यवस्थापनमा गाउँपालिकाले गृहकार्य थालेको उहाँले बताउनुभयो । मगर र छन्त्याल भाषालाई अध्ययन गराउने गरी पाठ्यक्रम तयार गरिने गाउँपालिकाले जनाएको छ । अहिले तयार हुने ‘मेरो गाउँपालिका’ पाठ्यपुस्तक भने नेपाली भाषाको हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।