झाँक्रीलाई अविलम्ब रिहा गर्न माग

काठमाडौँ, २९ माघ (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विघटित प्रतिनिधिसभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ । झाँक्रीले राज्यविरुद्धको अपराध गरेको जनाउँदै प्रहरीले आज अपराह्न उहाँको निवासबाटै पक्राउ गरेको थियो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गरी लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने जनाउनुभएको छ । उहाँले राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसूर देख्नु स्वेच्छाचारिता भएको टिप्पणी गर्नुभयो ।

झाँक्रीको गिरफ्तारीले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले देशका विभिन्न स्थानमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा झाँक्रीले राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।